जन सरोकारस्वास्थ्य

संक्रमण उकालो लाग्दै, तेस्रो लहरको जोखिम निकट

संक्रमितमध्ये आधाभन्दा बढी ३० देखि ४० वर्षका, दुई तिहाई काठमाडौं उपत्यकामा

नेपाल कोरोना भाइरस संक्रमणको तेस्रो लहरको निकट पुगेको विज्ञहरुले बताएका छन् । नेपालमा कोरोना भाइरस संक्रमणको औसत ‘आर–भ्यालु’ (कोभिड संक्रमित एक जनाले कति जनालाई भाइरस सारिरहेको छ भन्ने मापन) १.०४ पुगेको छ ।

आर–भ्यालु एकभन्दा बढी भए संक्रमण उकालो लागिरहेको बुझिन्छ । आर–भ्यालुले  । आर–भ्यालु एकभन्दा मुनि रहँदा महामारी नियन्त्रणभित्र रहेको देखाउँछ ।

यसअघिको तथ्यांकले पनि त्यस्तै देखाउँछ । गत असार पहिलो साता कोभिडको दोस्रो लहर उच्चबिन्दुमा पुगेर ओरालो लागेका बेला आर–भ्यालु ०.६ सम्म झरेको थियो । दोस्रो लहर उच्च हुँदाताका आर–भ्यालु २ भन्दा बढी देखिएको थियो ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डा. कृष्णप्रसाद पौडेलले आर–भ्यालु एकभन्दा बढी हुनु संक्रमण उकालो लाग्ने छाँट वा सन्निकट तेस्रो लहरको पूर्वसंकेत भएको चेतावनी दिनुभएको छ ।

आर–भ्यालुसँगै संक्रमितको संख्या पनि उकालो लाग्नुलाई कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनसँग पनि जोडेर हेरिएको छ । नेपालमा पनि पुस १६ गते शुक्रबारको तुलनामा शनिबार १०० भन्दा बढी संक्रमित थपिएका थिए र सो तथ्यांकले कोरोना संक्रमण तीव्र बनेको संकेत गर्छ ।

शनिबार ५ हजार ७ जनाको आरटी पीसीआर परीक्षण गर्दा ३ सय ४२ जना अर्थात् ६.८३ प्रतिशतमा कोभिड संक्रमण देखिएको छ भने एन्टिजेन परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको छ । शनिबार देखिएका कुल संक्रमितमध्ये ५८.७७ प्रतिशत ३१ देखि ४० वर्ष उमेर समूहका छन् भने ७१.३४ प्रतिशत (२ सय ४४ जना) संक्रमित काठमाडौं जिल्लाका छन् । जबकि शुक्रबार ७ हजार ८ सय ८५ को पीसीआर परीक्षण गर्दा २ सय २४ जनामा संक्रमण देखिएको थियो ।

नेपालको छिमेकी मुलुक भारतमा पछिल्ला दिनमा दोब्बर बढी संक्रमित थपिंदै गएको र दनिक १ हजारभन्दा बढी ओमिक्रोनका संक्रमित भएकाले नेपालमा अहिलेसम्म जम्मा ३ जनामा ओमिक्रोन भेटिए पनि यो भेरिएन्ट छिट्टै प्रवेश गर्ने निश्चित छ । यसले गर्दा आउने सम्भावित कोभिडको नयाँ लहरलाई पूर्ण रूपमा रोक्न नसकिने हुँदा त्यसका लागि आवश्यक तयारीको विकल्प नभएको डा पौडेल बताउनुहुन्छ ।

हाल उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर गरी ३ जिल्लामा ५ सयभन्दा बढी कोभिड संक्रमित उपचार गराइरहेका छन् । सुनसरी, कास्की, बाँके र कैलालीमा २ सयभन्दा बढी संक्रमित छन् भने सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरामा संक्रमित छैनन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.