जन सरोकार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

‍‍‍‍‍‍‍‍‍‍‍‍‍रूकुम पश्चिम, चौरजहारी नगरपालिका-१ नाखिरामा कर्णाली प्रदेश ०२-००१ प ९०७४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय संगम प्रकाश गिरीको सोमबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका अन्य २ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.