जापान

शिवप्रसाद देवकोटा बचाउन एनआरएन कान्साईको अभियान

गैरआवासीय नेपाली संघ जापान, क्षेत्रीय कमिटी कान्साईले बिरामी भएर अस्पताल भर्ना हुनुभएका शिवप्रसाद देवकोटाको उपचारका लागि आर्थिक संकलन अभियान सुरु गरेको छ ।

२० दिन पहिले मात्र नेपालबाट जापान फर्कनुभएका देवकोटाको आर्थिक अवस्था कमजोर रहेका कारण उपचारमा समस्या पर्नसक्ने भन्दै उहाँको जीवनरक्षाका लागि एनआरएनए कान्साई कमिटीले अभियान सुरु गरेको हो ।

कास्की जिल्ला अन्नपूर्ण गाउँ पालिका ६ घर भई विगत ६ वर्षदेखि जापानको क्योतोमा कुक पेशा गर्दै आउनुभएका ३५ वर्षीय देवकोटा निमोनियाले ग्रस्त भएर अकस्मात अस्पताल भर्ना हुनुभएको छ ।

हाल जापानको योदागावा क्रिस्टियन अस्पतालमा उपचाररत देवकोटाका ८ वर्षकी छोरी र १५ महिनाको छोरा रहेका छन् । एनआरएन कान्साईले देवकोटाको उपचारका लागि जापानमा सक्रिय नेपाली संघसंस्था तथा समाजसेवाहरुमा अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.