जापान

जापानमा नयाँ गाडीको बिक्रीमा तीन वर्षयताकै कमी- कारण यस्तो छ

सन् २०१९ मा जापानमा सवारी साधन विक्री दर तीन वर्ष यता पहिलो पटक घटेको जापानी उद्योगहरूको समूहले सोमबार जानकारी गराएका छन् । गाडीको बिक्रीमा कमी आउनुलाई जापानमा सन् २०१९ मा भोग्नु परेका प्राकृतिक प्रकोप र उपभोक्ता करमा भएको वृद्धि जिम्मेवार रहेको भए पनि कारको बिक्री दरमा सामान्य कमी मात्र आएको उक्त समूहले बताएको छ ।

‘जापान अटोमोबाइल डिलर्स एसोसियसन’का अनुसार गत वर्ष जापानले कुल ५१ लाख ९५ हजार २१६ नयाँ कार विक्री गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १.५ प्रतिशतले कमी हो ।

समूहले दिएको तथ्याङ्कमा जापानको निसान कम्पनीबाट उत्पादित सवारी साधनको बिक्रीमा सबैभन्दा बढी न्यूनता देखिएको अर्थात् यस वर्ष निसानका उत्पादनमा १३.८ प्रतिशतले कमी आएको छ ।

निसानले यस वर्ष कुल तीन लाख ६७ हजार ५१४ कार बिक्री गरेको थियो । कम्पनीको प्रमुख नै रहेका समय निसानका पूर्व प्रमुख कार्लोस गोउनलाई सन् २०१८ को नोभेम्बरमा पक्राउ गरिएपछि यस कम्पनीले आफ्नो बजारलाई कायम राख्न नसकेको बताइने गरेको छ ।

गोउन पक्राउ परेपछि कम्पनीको व्यवस्थापनमा नै केही समय अस्तव्यस्तता देखिएको थियो भने अर्को तर्फ कम्पनीले आफ्नो बजारलाई कायम राख्न आफ्ना उत्पादनमा मूल्य घटाएको थियो । तर यसको प्रभाब बजारमा नकारात्मक रह््यो ।

जापानको अर्को ठूलो सवारी साधन कम्पनी टोयटा मोटर्स कर्पोरेसनले भने आफ्नो बिक्रीलाई २.७ प्रतिशतले वृद्धि गर्न सफल रहेको थियो । टोयटाले गत वर्ष एक लाख ५१ हजार ७४१ सवारी साधन बिक्री गरेको थियो । त्यस्तै होन्डा मोटर्सले सन् २०१९ मा कुल तीन लाख ५७ हजार २४२ कार बिक्री गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ५.४ प्रतिशतले कमी हो ।

त्यसैगरी, ६६० इन्जिन क्षमतासम्म भएका साना गाडीको बिक्री ०.७ प्रतिशतले घटेको र कुल एक लाख ९१ हजार ३४६ कार बिक्री भएको छ । जापानमा विगत वर्षहरूमासवारी साधनको उत्पादन तथा बिक्रीदर बढ्दो अवस्थामा रहेको थियो तर यसमा गत वर्ष एक्कासी कमी देखिएको जापान हल्का सवारी साधन तथा मोटर्स एसोसिएसनले बताएको छ ।

“सेप्टेम्बर र अक्टुबरमा जापानले भोगेका श्रृङ्खलावद्ध प्राकृतिक विपत (आँधी)ले सवारी साधनको बजारलाई प्रभावित तुल्याएको हो,” एसोसिएसनका प्रवक्ताले स्थानीय सञ्चारमाध्यमसँग बताए ।

उनले भने, “जापानमा गत वर्षको अक्टोबर १ देखि उपभोक्ता करलाई आठ प्रतिशतबाट १० प्रतिशत बनाइएको थियो र यो पनि सवारी साधनको बजार प्रभावित पार्ने एउटा माध्यम बन्नपुग्यो ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.