इरानमा युक्रेनी विमान दुर्घटना : एक सय ७६ जनाको मृत्यु
एक यूक्रेनी विमान राजधानी तेहरानमा विमान दुर्घटनाग्रस्त हुँदा १ सय ७६ जनाको मृत्यु भएको छ । बोइङ्ग ७३७ मा १६७ यात्रु र ९ चालक दल रहेको जनाएको छ ।
इरानस्थित प्रेस टीभीका अनुसार इमाम खमौनी अन्तर्राष्ट्रिय विमानस्थलका जनसम्पर्क अधिकृत अली खसानीलाई उद्धृत गर्दै इरानमा राहत तथा उद्धारको कार्य गर्दै आएको रेड क्रिसेन्टले भने दुर्घटनामा जिवितै ब्यक्ति फेला पार्न नसकेको बताएको छ ।
इरानको तेहरानबाट उक्त विमान यूक्रेनको राजधानी किभको लागि प्रस्थान गरेको थियो । विमान प्राविधिक त्रुटी र समस्याका कारण दुर्घटनाग्रस्त भएको सीएनएनले जनाएको छ ।
यद्दपी अमेरिका र इरानबीचको तनाबसँग उक्त विमान दुर्घटनाको सम्बन्धबारे स्पष्ट भइसकेको छैन् । उक्त विमान इरानको दुई शहर परन्द र शहरियार बीचको एक खुला मैदानमा दुर्घटना भई खसेको हो ।
यूक्रेन अन्तर्राष्ट्रिय विमानको प्रमुख प्रशाकीय अधिकृतको रुपमा देवीड काल्हान कार्यभार सम्हालेको भोलीपल्टै विमान दुर्घटना भएको हो । इरानस्थित यूक्रेनी दूताबासले भने क्षतिको यकिन संख्या आउन नसकेपनि पहिचानसँगै संख्या खुलाउने प्रयास भइरहेको जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्