राजनीति

आफ्नै बिरुद्ध उत्रिएका जिल्ला सभापतिहरुलाई देउवाको चियापान

देउवाका आलोचक नेताको साझा बैठक

देउवाका आलोचक नेताको साझा बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी निर्णयबिरुद्ध उभिन बोलाएका जिल्ला सभापतिहरुलाई आफ्नै निबासमा बोलाएर चियापान गराउनुभएको छ । केन्द्रीय समितिको बहुमतले महाधिवेशनको मिति लगायतका निर्णय गरेपछि पौडेल पक्ष रुष्ट बन्दै आफू पक्षका जिल्ला सभापतिहरुको भेला बोलाएका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले बोलाएको परामर्श बैठकमा भाग लिन काठमाडौं आएका जिल्ला सभापतिहरू पार्टी सभापति देउवाले पनि निमन्त्रणा गरेपछि जिल्ला सभापतिहरू पार्टी सभापति शेरबहादुर देउवाको निवास पुगे ।

पार्टी केन्द्रीय कार्यालयमा बुधबारसम्म चलेको बैठकपछि जिल्ला सभापतिहरूले सभापति देउवालाई भेट्न चाहेका थिए । जिल्ला सभापति भेलामा उठेका मुख्य कुरा सभापति देउवालाई सुनाउने कार्यक्रम छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले जिल्ला सभापतिका कुरा सुन्न चियापान कार्यक्रम राखेको बताउँदै जिल्ला सभापतिका कुरा सुन्न सभापतिले बोलाउनुभएको हो ।

सभापति देउवा पक्षका केन्द्रीय सदस्यहरू मात्रै उपस्थित पुस ११ को केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म गर्ने, एक पटकका लागि विधानको सदस्यता सम्बन्धी धारा निलम्बन गर्नेलगायत निर्णय गरेपछि पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका केन्द्रीय सदस्य र जिल्ला सभापति रूष्ट छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.