विश्व समाचार

इरानद्धारा छोटो दूरीका १६ वटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण

इरानले मंगलबार तीन स्थानबाट १६ वटा छोटो दूरीको व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको अमेरिकी रक्षामन्त्री मार्क एस्पेरले बुधबार बताउनु भएको छ ।

एस्परले पत्रकारलाई १६ वटा मिसाइलहरु मध्ये ११ आएन अल असद हवाई शिवीरमा र अर्को इर्बिलनजिकैको शिवीरमा प्रक्षेपण गरिएको यस प्रक्षेपणबाट त्रिपाल, ट्याक्सीवे, पार्किंङ्ग स्थल र एक हेलिकप्टर क्षतिग्रस्त भएको बताउनु भएको छ ।

इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएरातिको सम्बोधनमार्फत दिनुभएको केही समयपछि इरानले यो क्षेप्यास्त्र हानेको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मंगलबार इरानले इराकमा संयुक्त गठबन्धन सेनाको कम्तीमा दुईवटा सैन्य शिवीरमा एक दर्जन भन्दा बढी ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको पुष्टि गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.