राजनीति

पूर्वजनमुक्ति सेनाका कमाण्डर दिनेश जोशी (विक्रम) राप्रपा प्रवेश

१० वर्षसम्म सशस्त्र जनयुद्ध गरेको जनमुक्ति सेनाका कमाण्डर दिनेश जोशी (विक्रम) र उहाँकी पत्नी तारा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् । शुक्रबार भक्तपुरमा पार्टी अध्यक्ष कमल थापाले उहाँहरुलाई पार्टी प्रवेश गराउनुभएको हो ।

राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा पूर्व जनमुक्तिसेनाका काण्डर र उहाँकी पत्नी राप्रपा प्रवेश गर्नुभएको हो ।

त्यसक्रममा अध्यक्ष थापाले यही पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताउनुभएको छ । उहाँले पुसभित्र राप्रपा संयुक्तसँग एकीकरण नभए महाधिवेशनको तयारीमा जाने बताउनुभएको हो ।

अध्यक्ष थापाले भन्नुभयो, “पुसभित्र दुई पार्टीबीच एकता भयो भने भयो, नत्र हामी कुरेर बस्दैनौँ, जेठमा महाधिवेशन तोकिसकेकाले माघदेखि महाधिवेशनको तयारीमा जुट्छौँ ।” अध्यक्ष थापाले पार्टीले लिएको सिद्धान्त र विचारले पार्टी काँग्रेस कम्युनिष्टको विकल्पको रूपमा रहेको छ भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.