जन सरोकार

डोटीको दुर्गम क्षेत्रमा नेपाली सेनाद्वारा हेलीप्याड निर्माण

नेपाली सेनाको सिलगढीस्थित भैरवप्रसाद गणले डोटीको दुर्गम क्षेत्र बोगटान फुड्सिल गाउँपालिका–७ मा हेलीप्याड निर्माण गरेको छ ।

गाउँपालिकाको केन्द्रसमेत रहेको चवारा चौतारामा सेनाले हेलीप्याड निर्माण गरेको हो । जिल्ला सदरमुकामदेखि बोगटान क्षेत्रका सबै क्षेत्रमा यातायातको सुविधा छैन् ।

विपद्मा परेका, जटिल अवस्थाका गर्भवती, सुत्केरी महिला तथा गम्भीर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेलीप्याड निर्माण गरिएको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले बताउनुभयो ।

“जिल्ला सदरमुकामदेखि टाढा दुर्गम क्षेत्रमा रहेको यस क्षेत्रमा सडकको सहज पहुँच नहुने भएकाले आपत्कालीन अवस्थामा उद्धार गर्न सहज होस् भनेर हेलीप्याड निर्माण गरिएको हो”, उहाँले भन्नुभयो ।

गाउँपालिकाको समन्वयमा सेनाले रु पाँच लाखको लगानीमा हेलीप्याड निर्माण गरेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्राकृतिक विपद्को समय उद्धारमा साह्रै कठिनाइ भोग्नुपरेको थियो, हेलीप्याड निर्माण भएपछि अब त्यो समस्या रहन्न ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.