प्रबास

आबुधाबीमा नेपाली चढेको बस दुर्घटना- पाँचजनाको मृत्यु १८ जना घाइते

संयुक्त अरब इमिरेट (युएई)को आबुधाबीमा विदेशी कामदार बोकेको बस दुर्घट्ना हुँदा ५ जनाको मृत्यु भएको छ । सो बसमा सवार २४ जनामध्ये १८ जना नेपाली रहेका कारण मृत्यु हुनेमा नेपाली पनि हुनसक्ने आशंका गरिएको छ ।

आबुधाबीस्थित नेपाली दूतावासका अनुसार नेपाली कामदार बोकेको गाडी दुर्घटना भएकोले मृत्यु नेपाली हुनसक्ने आशंका गरिए पनि अझै मृतकको पहिचना भएको छैन । बसमा २४ जना सवार थिए । त्यसमध्ये १८ जना नेपाली कामदार रहेको कम्पनीले जनाएको छ । अन्य ६ जना श्रीलंका र अफ्रिकी मुुलुकका महिला कामदार रहेको बताइएको छ । सवार सबै सरसफाइ सम्बन्धी काम एमबीएम कम्पनीका कामदार हुन् ।

घाइतेहरुको आबुधाबीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीका अनुसार नेपाली कामदारको अवस्था र विवरण संकलन गर्न दूतावासका प्रतिनिधि घाइतेको उपचार भइरहेको अस्पतालमा पुगेका छन् । दुर्घट्नामा परेका नेपाली कामदारको अवस्था बुझ्न दूतावासबाट राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल श्रम काउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकारी (पीआरओ) उनीहरु उपचाररत अस्पताल पुगेका छन् ।

मफरक अस्पतालमा उपचाररत नेपालीलाई भेटेर राजदूत कृष्णप्रसाद ढकालले स्वास्थ्यलाभको कामना गर्दै कम्पनीले समेत उपचाररमा समन्वय गरिरहेको बताउनुभएको छ । घाइतेमध्ये ५ जना नेपालीको आबुधाबी खलिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार भइरहेको छ । अन्यको मफरक र अल रहा अस्पतालमा उपचार भइरहेको कम्पनीले जनाएको छ ।

कामदार सवार बस स्थानीय समयअनुसार बिहीबार बिहान ५ः३० बजे आबुधाबीको अल रहा भन्ने स्थानमा दुर्घटनामा परेको हो । काममा गइरहेको अवस्थामा उक्त बस अगाडिको लहरीमा ठोकिए दुर्घटना भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.