राजनीति

सभामुखको टुंगो लगाउँदै अध्यक्षद्वय ओली र प्रचण्ड

लामो समयदेखि रिक्त रहेको संघीय संसदको सभामुख पदका लागि सत्तारुढ नेकपाभित्रको किचलोले निकास पाउने भएको छ । शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज हुने छलफलले सभामुखको टुंगो लगाउने बताइएको छ ।

बिहिबार साँझ अध्यक्षद्वयबीच यस विषयमा भएको छलफलले शुक्रबार टुंगो लगाउने सहमति भएको हो । दुई अध्यक्षबीच सभामुख निर्वाचनको विषयमा सकारात्मक कुराकानी भएको र संसद् बैठक बस्नुअघि टुङ्गो लगाउने सहमति भएको अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको छलफलमा वार्ता सकारात्मक भएको र शुक्रबारसम्म सभामुखको विषयमा टुङ्गो लगाउने सहमति भएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच सभामुख चयनका विषयमा जारी गतिरोधलाई चाँडै निकास दिने सहमति भएको सचिवालयले जनाएको छ ।

सभामुख चयनका विषयमा अध्यक्षद्वय ओली र प्रचण्डबीच आ–आफ्नै अडान हुँदा संसद्को बैठक अवरुद्ध भएको हो । नेकपाले सभामुखको विषय टुङ्गो नलगाएका कारण संसद्को बैठक तीनपटक सूचना टाँसेर सारिएको छ ।

पुस ११, १६ र २७ गते बोलाएको बैठक सभामुखका कारण सर्दै आइरहेको छ । माघ ६ गतेका लागि संसद् अधिवेशन बोलाइएको छ । सभामुख चयनका लागि बाटो खोलिदिन नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन आग्रह गरेको छ तर उपसभामुख तुम्बाहाङ्फेले सभामुख को बन्ने निश्चित भएपछि मात्र आफूले राजीनामाबारे सोच्ने नेकपाका शीर्ष नेतालाई जानकारी दिइसक्नुभएको जनाइएको छ ।

शिवमाया सभामुखको सशक्त दावेदार- पहिला उपसभामुखबाट राजीनामा दिनुपर्छ

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.