जापान
जापान च्याम्पियनलाई हराउँदै अविरल बने ‘हिट ४६’ च्याम्पियन
जापानमा बसेर खेललाई निरन्तरता दिइरहेका युवा किक बक्सर अविरल घिमिरे त्यहाँको प्रतिष्ठित प्रयोगिता हिट ४६ किक बक्सिङ उपाधी जितेका छन् । आइतबार टोकियोमा सम्पन्न प्रतिस्पर्धामा अविरलले जापानी च्याम्पियन मोरीमोतोलाई हराउँदै उपाधी जितेका हुन् ।
हिमालयन चितुवाकोा उपनामले चर्चित अविरलले जापानी खेलाडीबिरुद्ध पहिलो राउण्डमै बिजय प्राप्त गर्नुभएको हो ।
नेपालीहरुका लागि सहुलियत दरमा टिकट व्यवस्था गरिएको प्रतिस्पर्धामा नेपालको राष्ट्रिय झण्डा र नेपाल भ्रमण वर्ष २०२० को प्रचार सामग्री बोकेर नेपालीहरु उपस्थित भएका थिए ।