सभामुखमा सापकोटाको उम्मेदवारी दर्ता उपसभामुखको निर्वाचन अनिश्चित
प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट नेता अग्निप्रसाद सापकोटाको उम्मेद्वारी दर्ता भएको छ । सङ्घीय संसद् भवन, नयाँबानेश्वरस्थित ल्होत्से हलमा मंगलबार मध्याह्न उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
सापकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ रहनुभएको छ भने समर्थकमा नेकपाका प्रमुख सचेतक देव गुरुङ र सांसद ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण हुनुहुन्छ । संसद् सचिवालयले आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ ।
सभामुख पदको निर्वाचन यही माघ १२ गते हुँदैछ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले स्थायी कमिटी सदस्य सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तत्कालीन सभामुखले पदबाट राजीनामा दिएपछि चार महिनादेखि सभामुख पद रिक्त रहँदै आएको छ ।
सभामुखको निर्वाचन भए पनि उपसभामुखबारे भने केही तयारी थालिएको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभामुख आफूलाई दिन आग्रह गरे पनि सो पदमा राजपालाई सघाउने निश्चित छ । किनभने सभामुखमा सापकोटाको समर्थक बनेपछि राजपाले नै उपसभामुख पाउने निष्कर्षमा कांग्रेस नेताहरु पुगेका छन् ।
सभामुख र उपसभामुख फरकफरक राजनीतिक दलको र लिंगको हुनुपर्ने संवैधानिक ब्यवस्था छ । नेकपाले सभामुख लिएपछि उपसभामुख अर्को दललाई छोड्नुपर्ने हुन्छ । संसदमा स्पष्ट बहुमत भएका कारण नेकपाले जुन दललाई समर्थन गर्छ, उसैले उपसभामुख पाउने छ । पछिल्लो समय राष्ट्रिय सभामा राजपासँग सहकार्य गरेको नेकपाले राजपालाई सरकारमा पनि ल्याउन चाहेको बताइन्छ ।
तर कांग्रेस नेताहरु सभामुखको निर्वाचन लगत्तै उपसभामुखको निर्वाचन हुनेमा समेत आशंका व्यक्त गर्न थालिसकेका छन् । राजपाका नेता लक्ष्मणलाल कर्ण सभामुखको निर्वाचन सकिएपछि मात्र उपसभामुखबारे छलफल हुने
प्रतिक्रिया राख्नुहोस्