जन सरोकार
संसद भवन अगाडि आगो लगाएका आचार्यको मृत्यु
मंगलबार मुलुकको संघीय संसद् प्रतिनिधिसभामा अनेक बहस भैरहँदा एक युवा भने संसद भवन अगाडि आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरे । आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको थियो ।

इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ ।
आचार्यले आत्महत्याा गर्नुअघि लेखेको पत्रमा आफू व्यावसायिक समस्यामा परेको भन्दै त्यसका लागि ठूला व्यापारिक घराना र बैंकले आफूलाई समस्यामा पारेको आरोप लगाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्