जन सरोकारस्वास्थ्य

सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि

नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो र विभिन्न जिल्लाहरुलाई दादुरामुक्त घोषणा गरे पनि तिनै जिल्लामा यसको संक्रमण फैलिएको छ ।

पछिल्लो समय छिमेकी जिल्ला बाँकेमा दादुरको सङ्क्रमण तीव्र भइरहेका बेला सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । यहाँका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको हो ।

अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिनुभयो । सङ्क्रमण देखिएकाले सतर्कता अपाउन उहाँले सुझाव दिनुभयो ।

दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको केसीको भनाइ छ । दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाँउमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.