जापान

जापानको तटमा पानी जहाज डुब्दा छ चिनियाँ नागरिकसहित आठ जनाको मृत्यु

जापानको तटमा एउटा पानी जहाज डुबेर छ चिनियाँ नागरिकसहित आठ जनाको मृत्यु भएको चिनियाँ कूटनीतिज्ञले बिहीबार राज्य सञ्चारमाध्यमलाई बताउनु भएको छ । जिन टियानले मङ्गलबार साँझ सुदूर दक्षिणपश्चिम जापानको दुर्गम र बसोबास नभएको डान्जो टापुहरूबाट करिब ११० किलोमिटर पश्चिममा रहेको स्थानबाट सङ्कटको सङ्केत पठाएको थियो ।

जापानको तटमा जहाज डुब्दा छ चिनियाँ नागरिकसहित आठ जनाको मृत्यु

जापानको कोस्ट गार्ड र सेनाका धेरै जहाजहरू र विमानहरू, साथै दक्षिण कोरियाली तटरक्षक र निजी जहाजहरू खोजी अभियानमा संलग्न रहेका र १३ जना चालकदलका सदस्यहरुलाई पानीबाट बाहिर निकालिएको थियो ।

फेला परेका १३ जनामध्ये आठ जनाको मृत्यु भएको पुष्टि भएको र तीमध्ये छ जना चिनियाँ रहेका फुकुओका सहरमा रहेका चिनियाँ कन्सुल जनरल लु गुइजुनले राज्य प्रसारक सीजीटीएनलाई बताउनु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.