जापान

टोकियोमा ११ घण्टा लामो संघर्षपछि बन्धकको मृत्यु

जापानी प्रहरीले शुक्रबार बिहान टोकियो नजिकैको झडपमा एक व्यक्तिलाई पक्राउ गरेपछि एक बन्धकको मृत्यु भएको छ भने अर्का एकजना बेहोस अवस्थामा छन् ।

एक ६६ वर्षीय व्यक्तिले बिहीबार राति टोकियो नजिकैको आफ्नो घरमा भेट्न गएका तीन जना स्वास्थ्यकर्मीहरूलाई आक्रमण गर्दै तीमध्ये एकलाई गोली हानेका थिए ।

प्रहरीका अनुसार ती बन्धक मृतक ४४ वर्षीय डाक्टर जुनिची सुजुकी रहेको क्योडो न्यूजले जनाएको छ । गोली प्रहारबाट ४१ वर्षीय फिजियोथेरापिस्ट भने बेहोस अवस्तामा रहेका छन् । घटनाको पूर्ण र वास्तविक विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

प्रहरीका अनुसार बन्धक बनाउने ती व्यक्तिसंग फोनमा कुरा गरेको थियो । उनले कुनै खास माग गरेनन्, बन्धकलाई ठीक छ म उसलाई मद्दत गर्न चाहन्छु भनेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.