राजनीति

आज कार्यव्यवस्था परामर्श समितिको बैठक

निरन्तरको संसद अबरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले आज कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ ।

सङ्घीय संसद्को अधिवेशन जारी रहेको भए पनि प्रतिपक्षी नेकपा (एमाले)को लगातार अवरोधका कारण नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेको बेला सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो ।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार आइतबार बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो ।

सङ्घीय संसद्को बैठक आइतबार १ बजेका लागि बोलाइएको छ । बैठकको सम्भावित कार्यसूचीमा सहिद दिवसका अवसरमा सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यसूची रहेको छ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७÷७८’ पेश गर्नुहुने छ ।

यस्तै सभामुख सापकोटाले विसं २०६४ को संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित सदस्य जगतबहादुर ताजपुरियाप्रति श्रद्धाञ्जलि अर्पण गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.