जन सरोकार

कोकिनसहित पक्राउ परे बोलिभियन नागरिक

नेपाल प्रहरीले दुई किलोग्राम २०० ग्राम कोकिनसहित एक विदेशीलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले अवैधरुपमा कोकिन ओसारपसार कार्यमा संलङ्ग्न बोलिभियन सोल्यानो क्याभेज मिगुललाई बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

ब्यूरोले लामो समयको सूचना सङ्कलन, विश्लेषण र निगरानीका आधारमा काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित बुद्धल्याण्ड होटलको ४०२ नम्बर कोठाबाट उनलाई पक्राउ गरेको हो ।

सुटकेशभित्र फल्स बटम बनाएर लुकाइछिपाई राखिएको अवस्थामा मिगुललाई पक्राउ गरिएको र लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.