राजनीति

रास्वपालाई पुनः गृह मन्त्रालय दिन एमालेको दवाव, प्रधानमन्त्री प्रचण्ड आफैंसँग राख्ने योजनामा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक विषयमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सो भेटमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका बेला दुई अध्यक्षबीचको भेटवार्तामा यस विषयमा के कुरा भयो भन्ने केही बताइएको छैन ।

गृह मन्त्रालय पुनः राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने कि नदिने भन्ने विषयलाई लिएर सत्ता साझेदार दलहरुबीच विवाद बढेको छ । प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गृह मन्त्रालय आफैंसँग राख्ने खोजे पनि नेकपा एमालेले रास्वपालाई नै दिन दबाव दिंदै आएको छ ।

आजै बिहान प्रधानमन्त्री प्रचण्डसँग राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले पनि भेटवार्ता गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.