जापान

टोकियोमा कोरोना संक्रमित १० प्रतिशतले बढ्दै

राजधानी टोकियोमा कोरोना भाइरस संक्रमित गत एक साताको तुलनामा १० प्रतिशतले बढेको छ भने अस्पतालहरुमा बिरामीहरुको भर्ना हुने दर बढेको छ ।

हिजो मंगलबार मात्र त्यहााँ १४ हजार ४ सय ४५ थप संक्रमित पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै सबभन्दा बढी हो । यसै गरी मंगलबार टोकियोपछि ओसाकामा ११ हजार ८ सय ८१ तथा कानागावामा ७ हजार ४ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित बढेसंगै टोकियो महानगरका अस्पतालहरुमा बिरामीहरुको भर्नादर ५० प्रतिशतले बढेको छ । मंगलबार अस्पताल भर्नाँ हुनेको सख्या ५०.७ प्रतिशत पुगेको छ ।

पछिल्लो एक सातामा जापानमा ओमिक्रोन संक्रमण बढिरहेको छ । अस्पतालहरुमा ज्वरोकाा बिरामीहरुको भीड लाग्न थालेको छ । बिरामीको भीड बढेपछि कतिपय अस्पतालले वृद्धवृद्धा तथा दीर्घ रोगीहरु बाहेक अन्यलाई फिर्ता पठाउन थालेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.