एन आर एन न्युज

एनआरएनएले भर्चुअल मनोरञ्जनात्मक कार्यक्रम गर्दै

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोनाको महामारीसंग़ै विभिन्न देशहरुमा अन्तरक्रिया, गोष्ठी, सभा, सम्मेलन गर्दै आइरहेको आफ्ना गतिविधिहरुलाई भर्चुअल माध्यमबाट सक्रिय बनाउने क्रममा यसै साता अनलाइन मार्फत मनोरञ्जनात्मक कार्यक्रम गर्ने भएको छ ।

यही फ्रेब्रुअरी ६ तारिक शनिवार एनआरएनए रिफ्रेक्सन २०२१ नाम दिइएको कार्यक्रममा संसारभरि छरिएर रहेका नेपालीहरुले अनलाइन माध्यमबाट आत्मियता साट्दै मनोरञ्जन गर्ने भएका हुन ।

कार्यक्रममा एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोदेखि वर्तमान अध्यक्ष कुमार पन्तसम्मले सहभागिता जनाउने पक्का भएको छ । कार्यक्रममा सहभागिहरूले आफ्ना विशेष प्रस्तुति सहित चुडकिला, मुक्तक, गीत, सायरीका साथ अन्य मनोरंजनात्मक प्रस्तुतिमा दिनेछन ।

घरैमा बसेर मनोरंजनात्मक रूपले उपस्थिति जनाउन सकिने कार्यक्रममा एसियासहित मध्य एसिया, अफ्रिका, युरोप, अस्ट्रेलिया तथा अमेरिका क्षेत्रबाट पुराना तथा नयाँ एनआरएनए अभियन्ताहरू पनि सहभागी हुने तयारी गरिएको छ ।

यस कार्यक्रमका संयोजक तथा परिकल्पनाकार एनआरएनए जापानका पूर्वअध्यक्ष एवं एसिया प्यासिफिकका उप(संयोजक पारसमणी पोखरेलले कार्यक्रमको बारेमा जानकारी दिदै भन्नुभयो— कोरोना महामारीको बीचमा अनलाईन रुपमै भए पनि कार्यक्रमले मनोरञ्जन सहित गैरआवासीय नेपालीहरूलाई अझ आत्मिय तथा एकताबद्द बनाउने छ ।

कार्यक्रमलाई अझ रोचक बनाउन नेपालका राष्ट्रिय तथा चर्चित कलाकारहरु आनन्द कार्की, दिपाश्री निरौला, जितु नेपाल (मुन्द्रे), गायक सुगम पोखरेल, सन्दिप क्षेत्री, संजय श्रेष्ठ, सृजना खत्री लगायतले सहभागिता जनाउने पक्का भएको छ ।

कार्यक्रम प्रत्यक्ष अप्रत्यक्ष रूपमा पचास हजारजनाले एकै पटक लाइभ हेर्न मिल्ने गरी तयारी गरिएको संयोजक पारसमणि पोखरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.