राजनीति

दल दर्ता खारेजको निवेदन दिने अधिकार ऐनले दिएको छैन

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राजनीतिक दल दर्ता सम्बन्धी ऐन र संविधानले कुनै व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार नदिएको बताउनुभएको छ ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दल दर्ता खारेजी गर्न माग गर्दै निवेदन परेपछि सो धारणा राख्दै यसलाई कानुन बमोजिम टुंगो लगाउने पनि बताउनुभएको छ ।

युवराज सफलले रास्वपाको दर्ता खारेजको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल दर्ता सम्बन्धी ऐनको दफा १२, १३ र संविधानको धारा २७० लाई हेर्नुस् यी व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार नदिएको बताउनुभयो ।

उहाँले भन्नुभयो यदि दल दर्ता खारेज गर्न निवेदन दिने अधिकार हुँदो हुँदो हो त क भन्ने पार्टी खारेज गरिपाउँ भनेर ख भन्ने पार्टीको नेताले निवेदन दिएर हिँड्थ्यो र कुनै पनि दल स्थिर रहन सक्ने थिएनन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.