राजनीति

लामिछानेको बर्हिगमन र उत्पन्न परिस्थितिलाई विपक्षी दलले सुक्ष्मढङ्गले हेरिरहेको

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीबाट रवि लामिछानेको बर्हिगमन र त्यसपछि उत्पन्न परिस्थितिलाई सुक्ष्मढङ्गले नियाली रहेको प्रतिक्रिया दिएको छ ।

सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलका शीर्ष नेताको बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सञ्चारकर्मीसँग गृहमन्त्री लामिछानेको राजिनामा र त्यसपछिको अवस्थाका बारेमा सुक्ष्मढङ्गले हेरिरहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले अब कसलाई पुनः गृहमन्त्री बनाउने भन्ने सन्दर्भमा सरकारमा रहेका दलहरूबीच सैद्धान्तिक र वैचारिक विवाद उत्पन्न हुनुका साथै सदनमा पनि त्यो विषय उठेको बताउनुभयो ।

नेकपा ९एकिकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले भन्नुभयो, “अहिले हामीले हेर्ने हो, गर्नेले के गर्छन्, त्यो हेरौँ त्यसपछि हामी टिप्पणी गरौँला ।”

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले गृहमन्त्री लामिछानेको विषय कानुनले नै हेरिरहेको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.