जापान

जापान र चीन सम्बन्ध सुधार गर्न ‘सबै तहमा’ वार्ता गर्न सहमत

जापान र चीनका विदेश मन्त्रीले बिहीबार दुई देशबीचको सम्बन्ध सुधार्न सबै स्तरमा वार्ता गर्न सहमत भएका छन् । जापान सरकारका अनुसार तनावपूर्ण द्विपक्षीय सम्बन्धलाई कसरी सुधार्नेबारे खोजी गरिरहेका छन् ।

जापान र चीन

जापानका परराष्ट्रमन्त्री योशिमासा हायाशीले आफ्ना चिनियाँ समकक्षी किन ग्याङसँग ५० मिनेटको फोन वार्तामा जापान नजिक चिनियाँ सैन्य गतिविधिको तीव्रताप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बेइजिङको बारेमा जापानी जनमत अत्यधिक गम्भीर रहेको बताउनु भयो ।

संयुक्त राज्य अमेरिकाका लागि पूर्व राजदूत किनले डिसेम्बरको अन्त्यमा वाङ यीबाट पदभार ग्रहण गरेपछि दुई विदेशमन्त्रीबीचको यो पहिलो वार्ता हो । हायाशी र किनले रचनात्मक र स्थिर सम्बन्ध को प्राप्तिको लागि सँगै काम गर्ने संकल्प गर्नुभएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले भन्यो, ‘जापानी मन्त्री हायाशीले ले “ताइवान स्ट्रेटको शान्ति र स्थायित्वको महत्त्व” लाई जोड दिनुभयो र २०११ फुकुशिमा आणविक संकट पछि लगाइएको जापानी खाद्य पदार्थको आयात प्रतिबन्धलाई सकेसम्म चाँडो हटाउन चीनलाई आग्रह गर्नुभयो ।’ चिनियाँ विदेश मन्त्रालयका अनुसार किनले द्विपक्षीय इतिहास र ताइवान जस्ता प्रमुख मुद्दाहरूमा जापानी पक्ष आफ्नो बोली र कार्यमा “सतर्क” रहने र डियाओयु मुद्दामा दक्षिणपन्थी शक्तिहरूले उक्साउने कामलाई रोक्ने आशा व्यक्त गरे।

किन्ले भन्नुभयो, सन् २०२३ को वसन्तमा फुकुसिमा आणविक उर्जा केन्द्रबाट “परमाणु-दूषित पानी” समुद्रमा छोड्ने जापानको निर्णयप्रति चीन र अन्तर्राष्ट्रिय समुदाय गम्भीर रूपमा चिन्तित छन्।

यसैबीच, यस वर्ष सन् १९७८ द्विपक्षीय शान्ति र मित्रता सन्धिको ४५औँ वार्षिकोत्सव मनाउने क्रममा किनले यस अवसरलाई जापानसँग संयुक्त रूपमा सन्धिको भावनाको समीक्षा गर्न र चीन-जापान सम्बन्धको सुधार र विकासलाई प्रवर्द्धन गर्न तयार रहेको बताउनुभयो। दुवैबीच युक्रेनमा रुसले सुरु गरेको युद्धबारे पनि विचार आदानप्रदान भएको जापानी मन्त्रालयले विस्तृत विवरण नदिई भन्यो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.