जापान

११ फेब्रुअरीदेखि एमआरपी आवेदन बन्द हुने

नेपाली दूताबास टोकियोले नेपाल सरकारले सुरु गरेको विद्युतीय राहदानी (इ पासपोर्ट)को जारी गरेकाले अत्यावश्यक बाहेक अन्य अवस्थामा एमआरपी आवेदन लिन बन्द गरेको छ ।

दूताबासले एक सूचना जारी गरी अत्यन्त जरुरी कामका सिलसिलामा तत्काल विदेश यात्रा गर्नुपर्ने र राहदानीको वहाल अवधि समाप्त हुँदा जापानको बसाई अवैध हुने (भिसा सकिएर) अवस्थामा बाहेक यही फेब्रुअरी ११, २०२२ बाट एमआरपी आवेदन लिने कार्य स्थगित हुने जनाएको छ ।

त्यस्तै दूताबासले राहदानीको म्याद समाप्त भएको अवस्थामा तुरुन्त नेपाल जानु पर्ने भए ट्राभल डकुमेन्ट बनाएर जान सकिने पनि जानकारी दिएको छ ।

दूताबासको सूचनामा विद्युतीय राहदानी जारी गर्नका लागि आवश्यक तयारी पूरा भएपछि सुरु हुने र मिति र प्रक्रियाका बारोा यथाशीघ्र जानकारी गराइने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button