जन सरोकार

ट्याक्सी चालकको इमानदारीता : यात्रुबाट पाए सुनको सिक्री उपहार

बा २ ज ४०७१ नं.को ट्याक्सी भाडामा चलाउँदै आएका बर्दिया गेरुवा गाउँपालिका ४ का नवीन सिग्देलले एक यात्रुको लगेज जिस्ताको तस्तै फिर्ता गरिदिएवापत सो ट्याक्सीमा सवार यात्रुले खुसीले एकथान सुनको सिक्री उपहार दिइन् । ट्याक्सीमा छुटेको लगेजमा केके थियो त्यो नखुलाइए पनि यात्रुले चालकको इमानदारीताको कदर गर्दै सो उपहार दिएकी हुन् ।

घटना यस्तो थियो सोमबार दिउँसो लक्की रिजाल साढे १ बजे लाजिम्पाटबाट थापाथली नर्भिक अस्पताल चोकसम्म यात्रा गर्दै थिइन् । गन्तव्यमा पुगेपछि उनी ट्याक्सीबाट ओर्लिइन्, तर ‘लगेज’ ट्याक्सीमै छुट्यो । रिजालले लगेज छुटाएको कुरा चालकले पनि झट्ट थाहा पाएनन् । रिजाललाई ट्याक्सीको नम्वर पनि थाहा भएन ।

रिजालले आफ्नो लगेज ट्याक्सीमा छुटेको भन्दै साढे ३ बजे ट्राफिक प्रहरी महाशाखामा निवेदन दिइन् । उक्त ट्याक्सीको ट्राफिक प्रहरीले खोजी गर्न थाल्यो । त्यत्तिकैमा ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्वर १०३ मा फोन आयो । त्यो फोन गर्ने व्यक्ति उनै ट्याक्सी चालक थिए ।

ट्राफिक प्रहरी महाशाखाको खोजतलास शाखाले छुटेको लगेजसहित चालक सिग्देललाई उपस्थित गरायो । रिजाललाई पनि सम्पर्क गरी महाशाखाका प्रहरी उपरीक्षक राजकुमार बैदवारले छुटेको लगेज हस्तान्तरण गरे । रिजालको लगेजमा एकदमै महत्वपूर्ण सामानहरु थियो। १३ तोला बराबरको सुनका गरगहना, ल्यापटप, महत्वपूर्ण मेडिकल कागजपत्रहरु लगेजमा थियो ।

हस्तान्तरणपछि लगेज धनीले इमान्दारिताको प्रशंसा गर्दै एक थान सुनको सिक्री पुरस्कारस्वरुप चालकलाई प्रदान गरेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.