जन सरोकारजल/वातावरण

राष्ट्रका लागि सफाई अभियान देशभर चल्दै

सीमित अभियानकर्मी मिलेर सुरु गरिएको वाग्मती सफाई अभियान अहिले पनि जारी छ । विगत ४ सय ५७ हप्तादेखि जारी वाग्मती सफाई अभियानसंगै उपत्यकाका अन्य नदी हुँदै अब देशव्यापी अभियान बनेको छ ।

“राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा” भन्ने नाराका साथ आज शनिबार बिहान पनि वाग्मती सफाई अभियान सम्पन्न भएको छ ।

नदी सफाई अभियानसंगै फोहर व्यवस्थापन जनचेतनाको काम गर्दैआएका अभियानकर्मीहरु अब देशव्यापी रुपमा सक्रिय भएका छन् । अभियानका एक अभियन्ता समाजसेवी तथा चलचित्रकर्मी चक्रबहादुर चन्द देशव्यापी सफाई अभियान लिएर दौडाहामा हुनुहुन्छ ।

हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? मूल नारा बोकेर अघी बढेको सफाई अभियानलाई आम जनताले ठूलो उत्साहका साथ हातेमालो गरिरहेका छन् । सफाई अभियान शहरी क्षेत्र हुँदै ग्रामीण क्षेत्रसम्म पुगिसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.