कला/मनोरन्जनकलिउड
प्रणय दिवसमा वर्षालाई ‘माया लाईदेउन’ भन्दै पल (भिडियोसहित)
प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ को कोसेलीस्वरूप नायक पल शाह र वर्षा राउतको अभिनय रहेको रहेको नयाँ साङ्गीतिक सौगात ‘माया लाईदेउन’ सार्वजनिक भएको छ ।
अमेरिकाको पेन्सलभेनियामा बस्दै आउनुभएका गायक पूर्ण लामिछाने ‘अविरल’ ले सो गीत सार्वजनिक गर्नुभएको हो । प्रेमिल शैलीको यस गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक लामिछानेको सुमधुर स्वर सुन्न सकिन्छ ।
गायक लामिछानेकै शब्द रहेको गीतलाई चर्चित सङ्गीतकार शङ्कर थापा ‘स्माइल’ ले सङ्गीत संयोजन गर्नुभएको हो । सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायाङ्कन गर्नुभएको छ ।
भिडियोमा विकास धमलाको सम्पादन रहेको छ । पबी भट्टराई निर्मात्री रहेको भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । भिडियो ‘नमस्ते प्लस’ नामक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्