राजनीति

एमाले संसदीय दलको बैठक जारी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध सत्ता गठबन्धनबाट महाभियोग प्रस्तावा दर्ता गरिएपछि यस विषयमा आधिकारक धारणा बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को संसदीय दलको बैठक अहिले बसिरहेको छ ।

नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय केन्द्रको ल्होत्से हलमा बसिरहेको बैठकमा महाअभियोगको विषयमा पार्टीको साझा धारणा बनाउन छलफल हुन लागेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो

सचेतक भट्टराईले बैठकका विषयबारे विस्तृतमा नखुलाइए पनि सत्ता गठबन्धनले मुलुकलाई अस्थिरतामा धकेल्न खोजेको बताउँदै यस बैठकले गम्भीर निर्णय गर्ने बताउनुभएको छ ।

प्रधानन्यायाधीश बिरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि एमालेले परमादेश सदर गर्ने चार न्यायाधीशबिरुद्ध पनि महाभियोग प्रस्ताव दर्ता गर्ने चर्चा चलिरहेका बेला एमाले स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङले एमाले चार न्यायाधीशविरुद्ध महाअभियोग ल्याउने पक्षमा नभएको बताउनुभएको छ ।

न्यायाधीशबिरुद्ध महाभियोग प्रस्ताव ल्याउने पक्षमा पार्टी नरहे पनि सांसदहरुको हस्ताक्षर भने संकलन भने जारी रहने तामाङले बताउनुभएको छ ।

आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको केन्द्रीय सचिवालयको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्तारुढ दलले ल्याएको महाअभियोगको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

त्यसै गरी तामाङले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग सम्झौता संसद्‌मा टेबुल भयो भने पनि एमालेले समर्थन नगर्ने बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.