राजनीति

कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान, भोलिको संसद बैठकको कार्यसूचीमा एमसीसी परेन

सभामुख अग्निप्रसाद सापकोटाले बुधबार प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ भने बुधबार नै प्रतिनिधिभाको बैठक बस्ने कार्यतालिका छ ।

सभामुख सापकोटाले संसद् भवन, नयाँबानेश्वरमा बिहान ११ः३० बजे समितिको बैठक आह्वान गर्नुभएको संसद् सचिवालयले जनाएको छ ।

लामो समयदेखि संसद बैठक स्थगित हुँदै आएको र पछिल्लो समय फागुन ४ गते बुधबार नै बैठक डाकिएको छ । सोही बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टबुल हुने चर्चा चले पनि कार्यसूचीमा भने सो विषय समावेश छैन ।

तर,  संसद सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने विषय समावेश भएको छैन ।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/७८ पेश गर्ने तथा तीनवटा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा उल्लेख छ ।

एमसीसी पारित गर्नुपर्ने समयसीमा फागुन १६ सम्म रहेको र सो मितिसम्म कुर्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिखित प्रतिबद्धतापत्र नै पठाउनुभएकाले सम्भवतः यसै विषयलाई टुङ्ग्याउन सभामुखले समितिको बैठक डाक्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button