सुन्दरताको खानी मनाङमा सडकले दिएको सास्ती
हिमाल पारीको विश्वप्रसिद्ध सुन्दर पर्यटकीय जिल्ला मनाङ जोड्ने एउटै मात्र सडकको हालत अत्यन्त खराब हुँदा स्थानीयदेखि पर्यटकहरुले समेत सास्ती खेपिरहेका छन् ।
स्वदेशी तथा विदेशी पर्यटक तथा पदयात्रीको गन्तव्य मार्ग, बहुमुल्य जडिबुटी, वन सम्पदा, अपार जलस्रोतको धनी, विश्वको सबभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल तथा कुण्डहरूको बेजोड संगम भएको जिल्ला जोडने सडकको स्तरोन्नति नहुँदा सास्ती मात्रै खेप्नु परिरहेको छ ।
कहिले हिमपात त कहिले बाढीपहिरोको बहाना बनाउँदै आएको सडक डिभिजन कार्यलय यसपटक न हिमपात न त बाढीपहिरो सडकको हालत उस्तै रहेको छ ।
भौगोलिक सुन्दरताका अति नै लोभ लाग्दा दृश्यहरू, अग्ला भिराला पहाडहरू र उच्च हिमश्रृखलाहरू जस्ता विषेशताहरू भएको यस जिल्लाको प्रमुख आयस्रोतमा पर्यटन पर्दछ ।

तर, सडकको नाजुक अवस्थाले स्थानीय व्यवसायीहरु समस्यमा छन् । तस्बिरमा जिल्लाको नासो गाउँपालिका–३ धापानी खण्डको सडकको दृश्यले जिल्लाभरिकै सडकको अवस्थाको प्रतिनिधित्व गर्दछ ।





प्रतिक्रिया राख्नुहोस्