राजनीति

प्रचण्ड–नेपालको ‘धोखा’पछि प्रधानमन्त्री देउवा ओलीको साथ खोज्दै

अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा टेबल गर्ने विषयमा सत्ता गठबन्धनबीच सहमति नभएपछि र सरकारमा बसेर एमसीसीको बिरोधमा आन्दोलन हुन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवा विकल्पको खोजीमा लाग्नुभएको छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियाग लगाए एमसीसी पारित हुन दिने भद्र सहमति गरेका माओवादी केन्द्र र नेकपा समाजवादीका अध्यक्षद्वय त्यसबाट पछि हटेपछि प्रधानमन्त्री देउवा एमालेको साथ लिने कसरतमा लाग्नुभएको छ ।

एमालेले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदको पद जोगाउन प्रधान न्यायाधीशलाई महाभियोग लगाएर हटाउने र एमसीसी पारित गर्ने सहमतिबाट नेताद्वय विमुख हुँदै आफ्ना कार्यकर्तालाई एमसीसी बिरुद्ध सडकमा प्रदर्शनमा उतारिरहेका छन् ।

बिहिबार साँझ यसै विषयमा बसको गठबन्धनको बैठकले कुनै निष्कर्ष नदिएको र एमसीसी टेबल गर्न नदिने अडान अध्यक्ष प्रचण्ड र नेपालले राखेपछि प्रधानमन्त्री देउवा लगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग छलफल गर्न बाल्कोट जानुभएको थियो ।

सो अवसरमा वर्तमान राजनीतिक अवस्था र अमेरीकी अनुदान सहयोग एमसिसीका बारेमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री देउवा पत्नी आरजूसहित आज राति ८ः ५० बजे बालकोट पुग्नुभएको थियो ।

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच राजनीतिक अवस्थाका बारेमा कुराकानी भए पनि सञ्चारकर्मीलाई जानकारी गराउनुपर्ने गरी कुनै निष्कर्षमा नपुगेको अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले सञ्चारकर्मीहरुलाई बताउनुभयो ।

शुक्रबार फेरि सत्ता गठबन्धनको बैठक छ, त्यसमा कस्तो छलफल हुन्छ, कस्तो प्रतिक्रिया आउँछ एमालेले त्यसलाई मध्यनजर गर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

ओलीसंगको छलफलअघि सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले प्रचण्ड र माधव नेपालको पूर्व प्रतिबद्धता सम्झाउँदै प्रधानमन्त्री देउवाले बैठकको सुरुमै अस्ति तपाईहरुले टेबल गर्न दिन्छु भन्नुभएकै हो, अब टेबल गर्न दिनुस् भन्नुभएको थियो ।

अनुमोदनका लागि प्रस्तुत हुँदा पक्षमा मत दिने कि विपक्षमा भन्ने दलहरुको आफ्नो रोजाई भएको बताउनुभएको थियो । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ प्रकाशले एमसीसी टेबल भए विपक्षमा मत हाल्ने र सरकार छाड्ने पार्टीको निर्णय रहेको र संसद अवरोध कायमै रहेकाले एमसीसी टेबल नमिल्ने बताउनुभएको थियो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले टेबल गर्न दिने सहमति भएको स्वीकार गर्दै एमालेले संसद अवरोध कायमै राखेका बेलामा छलफल गर्ने वातावरण नबन्ने र पार्टीको बैठक ७ गते रहेको पनि जानकारी दिनुभएका थियो ।

गठबन्धनको बैठकमा माओवादी र एकीकृत समाजवादीका नेताहरुले पनि एमसीसीमाथि संसदमा छलफलको वातावरण नभएकाले संसदको अवरोध खुल्ला गर्ने वातारण मिलाउन प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए ।

सत्तारुढ चार दलका शीष नेताहरुको बैठकलगतै पत्नी आरजु राणासहित बालकोट पुग्नुभएका देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग छलफल गर्नुअघि कांग्रेस नेता मिनेन्द्र रिजालले अध्यक्ष ओलीसंग छलफल गर्नुभएको थियो । एमाले नेताहरु एमसीसी पास गर्न सकारात्मक देखिएका छन् । तर, यसका लागि नेपाली कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादी सम्मिलित गठबन्धन तोड्नुपर्छ ।

देउवा गठबन्धन तोडेर आए सरकारमा सहभागी हुने या सहमतिमा प्रतिनिधिसभा विघटन गरेर आउँदो जेठमा ‘अर्ली इलेक्सन’ गर्ने विषयमा छलफल गर्न आफू खुला रहेको र कांग्रेस नेताहरुलाई आफ्नो बाटो तय गर्न सुझाव दिइरहनुभएको छ ।

त्यसो त कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा भने पाँचदलीय गठबन्धन तोड्ने निर्णयमा पुगिसक्नुभएको छैन । तर, गठबन्धनबाट एमसीसी पारित नहुने अवस्था आइसकेको र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्पष्ट रुपमा एमसीसी पारित गर्न परे सरकारबाट बाहिरिने सन्देश दिइसक्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.