राजनीति

एमालेले एमसीसीका नाममा गठबन्धन भत्काउने प्रयास गर्दैछ

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले मिलिनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) को नाममा गठबन्धन भत्काउने प्रयास भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चा बागमती प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उहाँले विपक्षी दलका केही नेताहरु गठबन्धन भत्काउन लागि परेको बताउनुभएको हो ।

“विपक्षी दलका केही नेताहरु सत्तारुढ दलका नेताहरुलाई बारम्बार भेटेर एमसीसी पारित गर्ने र गठबन्धन भत्काउने प्रयास गर्दैछन्, यसमा गठबन्धन सचेत हुनु जरुरी छ”, उहाँले भन्नुभयो ।

दुई/दुई पटक संसद् विघटन गरेको एमालेले पाँच दलीय गठबन्धन भत्काएर संसद् विघटनको औचित्य सावित गर्न खोजेको उहाँको भनाइ छ । उहाँले एमसीसीका बारेमा यथार्थ कुरा जनतामाझ लैजानुपर्ने बताउनुभयो ।

सम्मेलनले लालबहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति गठन गरेको छ । सम्मेलनले सात सदस्यीय सल्लाहकार समिति गठन गरेको जनमोर्चाका नेता रोशन दानीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.