जापान
जापानी अदालतद्वारा दोहोरो नागरिकतासम्बन्धी मुद्दा खारेज
दोहोरो नागरिकता लिनु गैरकानुनी मानिने जापानमा एक अदालतले दुई देशको विदेशी नागरिकता लिएपछि जापानी नागरिकता त्याग्नु संवैधानिक अधिकार हनन् भएको किटानीसहित दिएको मुद्दा खारेज गरिदिएको छ ।
नागरिकतामाथि प्रतिबन्ध लगाउने नियमलाई चुनौती दिंदै दायर गरिएको मुद्दा टोकियो उच्च अदालतले खारेज गरेको छ । यसअघि जापानको तल्लो अदालतले पनि यस्तै फैसला गरेको थियो ।
दोहोरो नागरिकता लिएका आठजना वादीले स्विट्जरल्याण्ड वा लिक्टेनस्टाइनको नागरिकता लिन आफ्नो जापानी नागरिकता त्याग्नुपरेको उनीहरुको संवैधानिक अधिकारको हनन हो भन्दै मुद्दा दायर गरेका थिए ।
विश्वका करिब ७५ प्रतिशत देशले दोहोरो नागरिकता दिने गरेका छन् । तर जापानमा दुई देशको नागरिकता हुनु गैरकानुनी मानिन्छ ।





प्रतिक्रिया राख्नुहोस्