प्रबास

नेपालीलाई स्पेनिस भाषा सिकाउन ‘ओला नमस्ते’ पुस्तक प्रकाशित

कास्की आदर्श समाज स्पेनले नेपाली समुदायलाई स्पेनिस भाषा सिक्न सजिलो होस् भन्ने ध्येयले ‘ओला नमस्ते’ पुस्तक प्रकाशित गरेको छ । सो पुस्तकको समाजको दोस्रो साधारणसभाका अवसरमा आइतबार भर्चुअल माध्यमबाट सार्वजानिक गरियो ।

साधारणसभाले समाजको साङ्गठनिक तथा आर्थिक प्रतिवेदनसमेत पारित गरेको थियो । सो अवसरमा आदर्श सेवा समाज अन्तरराष्ट्रिय परिषद्का अध्यक्ष गोविन्द पौडेलले स्पेनिस भाषा सिक्न चाहने नेपालीलाई सहयोग पुर्याउने ध्येयले पुस्तक प्रकाशन गरिएको जानकारी दिनुभयो ।

समाजले रु १३ लाखको अक्षयकोष सञ्चालन गर्नका साथै पोखरा महानगरपालिकासँग सहकार्यसमेत गर्दै आएको छ । पर्वत समाज स्पेनका उपाध्यक्ष सन्तोष पौडेलले पुस्तकले स्पेनमा आउने नेपालीलाई सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.