राजनीति

अमेरिकी राजदूतसंगको छलफलपछि ओली र प्रधानमन्त्री देउवाबीच वार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रतिनिधिसभाको गतिरोध खुलाउने, अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन गर्नेलगायत विषयमा विचार विमर्श भएको थियो ।

प्रतिनिधिसभामा यही फागुन ८ गते एमसीसी प्रस्तुत भएपछि सत्तारूढ दलहरुबीच त्यसलाई पारित गराउन घनिभूत छलफल भइरहेको छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा एमसीसी पारित गराउन सक्रियताका साथ लाग्नुभएको छ ।

प्रधानमन्त्री देउवा र ओलीबच भेटवार्ता हुनुअघि अध्यक्ष ओली र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ ।

ओली निवास बालकोटमा आज ओली र राजदूत बेरीबीच भेटवार्ता भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो ।

संसद्मा अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० टेबुल भएको र अब बस्ने संसद् बैठकमा छलफल हुने भएपछि यसबारेमा छलफल भएको बताइएको छ ।

अध्यक्ष ओली र राजदूत बेरीबीच भेटवार्तापछि बालुवाटार जानुभएका ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.