राजनीति

ओली-कांग्रेसको सरकार बन्ने, भारत-अमेरिका लगायत विदेशी शक्तिको चलखेल बढ्ने

पाका वामपन्थी नेता मोहनविक्रम सिंहले प्रतिनिधिसभा पुनःस्थापनापछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूह र नेपाली कांगेसबीच सत्ता समीकरण हुने दावी गर्नुभएको छ । उहाँले एमसीसी पारित गर्ने एजेण्डामा सरकार बन्ने बताउनुभएको हो ।

उहाँले अब नेपालमा भारत, अमेरिका लगायत विदेशी शक्तिको चलखेल बढ्ने बताउँदै संसद विघटनले नेपालमा भारत–अमेरिका पक्ष बलियो र चीन पक्ष कमजोर भएको विश्लेषण पनि गर्नुभयो ।

बिहिबार प्रगतिशील पत्रकार संघ रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै एमसीसी पारित गर्ने पक्षमा रहेको बताउँदै सोही एजेण्डाका कारण सरकार बन्ने दावी गर्नुभएको हो ।

उहाँले भन्नुभयो ‘एमसीसी पारित गराउन ओली समूह र कांग्रेसको सरकार बन्ने सम्भावना छ । एमसीसी पारित भए नेपाल अमेरिकी सैन्य अखडा हुन्छ, त्यसैले पारित हुन नदिन त्यतातिर ध्यान दिनुपर्छ ।’

उहाँले प्रतिनिधिसभा पुनर्स्थापनाले संविधान थप बलियो र विश्वसनीय भए पनि राजनीतिक अस्थिरता भने बढ्ने र राजनीतिक अस्थिरताको कारक भने स्वयं ओली नै रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा महामन्त्री सिंहले प्रधानमन्त्री ओलीमा नैतिकता भए तत्काल राजीनामा दिनुपर्ने तर अहिले उहाँमा नैतिकता नदेखिएको बताउनु भयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.