जन सरोकार
बलात्कारका आरोपी हतकडीसहित प्रहरी भ्यानबाटै भागे
बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका एक व्यक्ति अदालतबाट म्याद थप गरेर फर्कने क्रममा प्रहरीको भ्यानबाट हामफालेर फरार भएका छन् ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया इलाका प्रहरी कार्यालय फर्किंदै गर्दा हतकडीसहित भागेका हुन् ।
धनुषा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किंदै गर्दा आइतबार बेलुकी करिब ७ बजे यदुकुहास्थित कमला नहर नजिकबाट मुखिया भागेको डिएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
प्रहरीबाट उम्केर धनुषामा एक महिनामै थुनुवा फरार भएको यो दोस्रो घटना हो । गत माघ १५ गते इप्रका सखुवा महेन्द्रनगरको हिरासत कक्ष फोडेर ६ जना थुनुवा फरार भएका थिए। तीमध्ये २ जना अझै फरार छन् ।





प्रतिक्रिया राख्नुहोस्