राजनीति

माओवादी स्थायी समिति बैठकमा कांग्रेस महासमितिको चर्चा

सरकारको नेतृत्वमा रहेको माओवादी केन्द्रको स्थानीय कमिटी बैठकमा सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसको सम्पन्न महासचिति बैठकका निर्णयबारे छलफल भएको छ ।

कांग्रेस महासमिति बैठकले गठबन्धनका बारेमा चर्को आलोचना भएको थियो । माओवादी बबैठकमा सोही विषयमा छलफल भएको थियो ।

पार्टी कार्यालय, पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरुले कांग्रेस महासमिति बैठकमा भएका छलफललाई लिएर प्रश्न उठाएका छन् ।

बैठकमा नेताहहरुले यही अवस्था रहे कांग्रेससँग सहकार्य गर्न सकिन्छ कि सकिन्न भनेर छलफल गर्नुपर्ने बताएका थिए । बैठकमा
कांग्रेसको महासमिति बैठकमा भएको छलफल र पारित गरेका विषयवस्तुबारे पार्टी स्थायी समितिका सदस्यले आ–आफ्नो मत राखेका थिए ।

७–१० फागुनमा भएको कांग्रेस महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रतिवेदनमा माओवादी सशस्त्र संघर्षबारे कडा टिप्पणी गरिएको छ ।

१० वर्षे सशस्त्र संघर्षलाई औचित्यहीन भनेका खड्काले आफ्नो प्रतिवेदनमा दृश्य, अदृश्य शक्तिको आडमा २०४७ सालको संविधान र संवैधानिक व्यवस्थामाथि प्रहार, विकासको बाधक, अनाहकको हिंसा भन्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.