जापान

नेवानिका पदाधिकारी र जापानीबीच भेटवार्ता

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले काठमाडौंबाट जापानको राजधानी टोकियोस्थित नारिता विमानस्थलमा सिधा उडान सुरु भएसंगै जापानमा रहेका निगमका पदाधिकारीहरुले जापानीहरुसंग भेटघाट गरेका छन् ।

लामो समयपछि दुई मुलुकका राजधानीबीच सिधा उडान सुरु हुँदा जापानी पर्यटन नेपाल आउन सजिलो मात्रै नभएर जापानमा रहेका नेपालीहरुलाई पनि हर्षित तुल्याएको छ ।

गत सोमबार बिहान नेपाली समय १ः२५ बजे उडान शुरु गरी जापानको समयानुसार १०ः५० मा नारिता विमानस्थल नेपाल वायुसेवा निगमको जहाज अवतरण गरेको थियो ।

निगमले साताको सोमबार, बुधबार र शुक्रबारको उडान इजाजत पाएको छ । सोहीअनुरुप सोमबार काठमाडौंँबाट नारिता उडान भरेको हो । निगमसँग अन्तरराष्ट्रिय उडानका लागि दुई वाइड बडी ए–३३० जहाज छन् । त्यही जहाजबाट उडान हुनेछ ।

निगमले गत भदौ १२ गते ओसाका उडान शुरु गरे पनि नेपाली नागरिक र नेपाल आउने पर्यटकलाई ध्यानमा राखेर ओसाका उडान बन्द गरी काठमाडौँ–नारिता उडान सुरु गरेको हो । निगमको पहिलो व्यावसायिक उडानमा काठमाडौंँ नारिताका लागि २२० जनाले टिकट काटेका थिए । नारिताबाट काठमाडौँ जान २६८ जनाले टिकट लिएका छन् ।

निगमका अनुसार नारिता उडानका लागि दुईतर्फी भाडादर न्यूनतम रु ७३ हजार कायम गरिएको छ । शुरुआतमा प्रमोशनल फेयरअन्तर्गत सो भाडादर सार्वजनिक गरिए पनि भाडादर परिर्वतन हुन सक्छ । निकट भविष्यमा यात्रुको मागअनुसार भाडादर कायम गरिनेछ । दुई सय ७४ सिट क्षमता भएको वाइडबडी जहाजबाट निगमले जापानमा ‘सेडुल’ उडान शुरु गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.