अन्तर्राष्ट्रिय समुदायले तालिबानसँग काम गर्नुपर्छ
विभिन्न अन्तर्राष्ट्रिय समुदायले तालिबान सरकारसँग काम गर्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका विशेष दूतले सो कुरा बताउनुभएको हो ।
उहाँले यस विषयमा भन्नुभएको छ– हुन त विश्व समुदायलाई तालिबानसँग काम गर्न, उनीहरुसँग व्यवहार गर्न मन छैन होला तर पनि यो बाध्यता हो कि विश्वले तालिबानसँग काम गर्नुपर्ने अवस्था छ ।
संयुक्त राष्ट्रसंघीय विशेष दूत डेबोरा लियोन्सले भन्नुभयो– अहिले यहाँका नागरिक निकै अप्ठेरोमा परेका छन्, अब विश्व समुदायले ती नागरिकका लागि पनि तालिबान सरकारसँग काम गर्नु जरुरी छ ।संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अफगानिस्तानका बारेमा जानकारी गराउँदै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले अहिले विश्व समुदाय तालिबानबाट टाढा रहेको तर पनि यस्तो अवस्थामा यहाँका नागरिकले भने दुःख पाएको भन्दै तर अब त्यहाँका नागरिकका लागि पनि तालिबानहरुसँग सहकार्य गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।अफगानिस्तानमा तालिबान शासन आएपछि यहाँका नागरिकलाई ठूलो मानवीय सहायताको खाँचो परेको जानकारी पनि उहाँले सो अवसरमा दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्