राजनीति

संविधान रक्षाका लागि आठ दलीय गठबन्धन’

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान रक्षाका लागि आठ दलीय गठबन्धन भएको बताउनुभएको छ ।

यही फागुन २५ गते हुने निर्वाचनका लागि आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका साझा उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन राष्ट्रपति निर्वाचन अभियान परिचालन तथा संयोजन संयन्त्रद्वारा शुक्रबार वीरेन्द्रनगरमा कर्णाली प्रदेशसभा सदस्यका लागि आयोजित अभिमुखीकरण कार्यक्रम उपसभापति खड्काले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न सबै दल एकजुट हुनुपरेको बताउनुभयो ।

अभिमुखीकरणमा उहाँले पूर्वसभामुखसमेत रहेका नेता पौडेललाई मतदान गर्न आग्रह गर्नुभयो । उहाँले राजनीति वा अन्य कुनै पदका कारणले यो लक्ष्यलाई पाँच वर्षसम्म कसैले फेल गराउन नसक्ने जिकिर गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले मुलुकलाई लिकबाट बाहिर जान नदिन सबै दल एक ठाउँमा आउनु परेको बताउनुभयो । “गठबन्धन लोकतन्त्र, संविधान रक्षा र राजनीतिक स्थिरताका लागि एकतावद्ध भएर अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “गठबन्धन सबै पार्टीले गरेका प्रतिवद्धताको व्यवहारिक अभिव्यक्ति हो ।”

सबै दलको एक्तावद्ध अभियानबाट लिक बाहिर गएको देशलाई बचाएको उहाँले जनाउनुभयो । उपमहासचिव बस्नेतले मुलुकको हित, लोकतन्त्र, संविधान जनताको भावना, परिवर्तनका मूल्य र उपलब्धि बचाउन सबै राजनीतिक दल जुट्न आवश्यक रहेको जोड दिनुभयो । फागुन २५ गते राष्ट्रपतिका साझा उम्मेदवार पौडेललाई बहुमतले विजय गराउन सबै प्रदेशसभा सदस्यलाई उहाँले आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा, माओवादी केन्द्रका कर्णाली प्रदेश सहइन्चार्ज कालीबहादुर मल्ल, कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाही, माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीलगायतले राष्ट्रपतिका साझा उम्मेदवार पौडेललाई मतदान गरी विजय गराउन अनुरोध गर्नुभएको थियो । अभिमुखीकरणमा आठ दलीय गठबन्धनबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यको सहभागिता थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.