राजनीति
माधव नेपालका भाइ नेकपा एसका नेता उपाध्यायको निधन
छ तला माथिबाट खस्नुभएका नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायको उपचारका क्रममा निधन भएको छ ।
शनिबार दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उहाँ घाइते हुनुभएको थियो । रेष्टुराँबाट खस्दा सुरुमा विजुलीको तारमा परेको र त्यसपछि उहाँ भूँइमा खस्नु भएको थियो ।
उहाँलाई सुरुमा नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल पुर्याइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उहाँलाई माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्याइएको थियो ।
माधवकुमार नेपालका भाइ तथा सोही पार्टीका नेता उपाध्याय उहाँ ६२ वर्षको हुनुहुन्थ्यो । उहाँका दुई छोरी अमेरिकामा हुनुहुन्छ ।





प्रतिक्रिया राख्नुहोस्