गण्डकीप्रदेश

मिसन ग्रास रूटका क्रममा अग्रज नेताहरूको सम्मान

नेकपा एमाले अभियानका रुपमा चलाइरहेको मिसन ग्रास रूट कार्यक्रम अन्तर्गत आइतबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा अग्रजहरूलाई सम्मान गरेको छ ।

कमिटीले सहिद दिवसको अबसरमा कास्किको अन्नपूर्ण गाउँ पालिकामा बसोबास गरेर कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका नेताहरुको सम्मान गरेको हो ।

एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सचिवालय सदस्य तथा जिल्ला समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेल, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य दिपक पौडेल, प्रदेश कमिटी सदस्य तथा अन्नपूर्ण गाउँ पालिकाका अध्यक्ष बिष्णुबहादुर केसी लगायतले उहाँहरूलाइ सम्मान गर्नुभएको थियो ।

अग्रज नेताहरुको सम्मान गर्दै अध्यक्ष शर्माले हण्डर र दुःखले बनाएको पार्टीको इतिहासलाई जीवन्त बनाउदै नयाँ ढंगले अघि बढ्ने अभियानको उद्देश्य भएको हुँदा सबै यो अभियानमा लाग्न आग्रह गर्नुभयो ।

सो अवसरमा सम्मानित हुनेहरूमा अन्नपूर्ण गाउँपालिका वडा न १ बाट कृष्णबहादुर कुँवर, वीरराम बहादुर केसी, वडा न २ बाट कृष्प्रसाद भण्डारी र दिननाथ अधिकारी, वडा न ३ बाट रविलाल पौडेल, जीवलाल पौडेल र ललितबहादुर गुरुङ, वडा न ४ बाट हिरलाल गुरुङ र शंकर पौडेल ,वडा न ५ बाट सदाखर पौडेल र चुडामणि शर्मा तथा वडा न ६ बाट गोलमान गुरुङ, भक्तिराम देवकोटा र जितबहादुर बिक हुनुहुन्छ ।

यसै गरी वडा न ७ बाट श्याम प्रसाद गुरुङ ,नारायण प्रसाद त्रिपाठी र बबर सिङ गुरुङ, वडा न ८ बाट बुद्धि बहादुर गुरुङ, भक्तिराम गुरुङ, धर्मदत्त पौडेल र मिठु ढुङ्गाना, वडा न ९ बाट जुम बहादुर क्षेत्री र पदम बहादुर क्षेत्री, वडा न १० बाट कृष्णमान गुरुङ र प्रेम गुरुङ वडा न ११ बाट भक्तमान गुरुङ रहनु भएको छ ।

सो कार्यक्रममा प्रदेश कमिटी सदस्य गौरी सुवेदी, सो पालिका पार्टी गण्डकी प्रदेश कमिटी प्रचार विभाग सदस्य तथा प्रेस चौतारी नेपालका लेखा आयोग उपाध्यक्ष रामजीप्रसाद लम्साल, कास्की जिल्ला कमिटी सदस्यहरू सुरेन्द्र गुरुङ, सगुन गुरुङ , भरतमान गुरुङ ,सो पार्टीका अन्नपूर्ण गाउँपालिका कमिटी अध्यक्ष बिबेक देबकोटा लगायतले सो अभियान पार्टी निर्माणको महत्वपूर्ण आधार भएको हुँदा अग्रजहरूको सम्मान सहित अभियानमा सकृयताका साथ लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.