क्रिकेटखेल

दक्षिण अफ्रिकाद्वारा न्युजिल्यान्ड सामू जितको लागि १ सय ७० रनको लक्ष्य

आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्ड सामू जितको लागि १ सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतको कोलकातास्थित इडेन गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै दक्षिण अफ्रिकाले १ सय ६९ रन बनायो । दक्षिण अफ्रिकाका लागि मार्को ज्यानसेनले ३० बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै अविजित रहँदै ५५ रनको अर्धशतकीय पारी खेले भने डेवाल्ड ब्रेभिसले ३४ रन बनाए । यस्तै ट्राइस्टन स्टब्सले २९ रन जोड्दा एडन मार्क्रमले १८ रन र क्विन्टन डी कक १० रन बनाए ।

न्युजिल्यान्डका लागि म्याट हेनरी र कोल मेकोनी र रचिन रविन्द्रले समान दुई-दुई विकेट लिए भने लकी फर्गुसन र जेमी निशमको भागमा समान एक-एक विकेट रह्यो । अहिले जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डले छ ओभरमा विकेट नगुमाई ८४ रन बनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.