क्रिकेटखेल

आइसीसी विश्वकप लिग-२ मा नेपाल र युएई भिड्दै

आइसीसी विश्वकप लिग-२ को यूएई सिरिजको चौथों तथा अन्तिम खेलमा नेपाल र युएई भिड्दै छन् । गत सोमबारबाट यूएईमा सुरु भएको सिरिज आजको खेलसँगै सकिनेछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११ः४५ मा सुरु हुँदैछ । पीएनजीमा हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको हो । सिरिजमा नेपाल, पीएनजी र युएईको सहभागिता रहेको छ । विश्वकप लिग-२ मा नेपालले अहिलेसम्म यूएईलाई पराजित गर्न सकेको छैन ।

नेपाल आज पहिलो पटक यूएईलाई पराजित गर्ने योजनाका साथ मैदान उत्रदैछ । यता युएई पनि सिरिजमा दोस्रो जित निकाल्ने योजनामा रहेको छ । यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो ।

नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकसहित छैटौं स्थानमा छ । युएई ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.