प्रबास

कोरोनाका कारण कतारले लगायो नेपालीलाई प्रवेशमा रोक

नेपालीहरुको वेदेशिक रोजगारीको प्रमुख मुलुक कतारले कोरोना संक्रमण हुने डरले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै यी १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको त्यहाँको द गभरमेन्ट कम्युनिकेसन अफिस (जीसीओ)ले जनाएको छ ।

अल्पकालीन प्रवेशमा रोक लगाइएका मुलुकहरूमा नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत र इरान छन् । त्यस्तै, इराक, लेवनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्ड नागरिकले पनि कतार प्रवेश पाउने छैनन् ।

विश्वव्यापी रूप लिइरहेको कोरनो भाइरसको संक्रमण कोरियामा पनि देखिएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार हालसम्म त्यहाँका १२ जनामा कोरोनाको लक्षण भेटिएको छ । यो संक्रमणबाट हालसम्म मृत्यु भने भएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.