नेपाली राष्ट्र्रिय क्रिकेटका सुरुवाटी ब्याट्सम्यान आसिफ शेखले एकदिवसीय क्रिकेटमा आफ्नो १ हजार रन पूरा गरेका छन् । बिहिबार पपुवा न्यूगिनी बिरुद्ध शतक प्रहार गर्दै उनले एक हजार रन पूरा गरेका हुन् ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको अन्तिम श्रृङ्खला अन्तर्गत जारी खेलमा पपुवा न्युगिनीविरुद्ध १०१ बलमा शतक पूरा गरेका हुन् ।
पिएनजी बिरुद्ध आक्रामक ब्याटिङ गरेका शेखले १२ चौका र २ छक्काको मद्दतमा ११० बलमा ११० रन बनाएर आउट भएका छन् । ताजा स्थितिमा नेपाल ३७ ओभरको समाप्तिा चार विकेटको क्षतिमा २०७ रन बनाएको छ ।
एक हजार रन पूरा गर्ने क्रममा उनले ३२ खेल खेलेका छन् । उनले ७ सेप्टेम्बर २०२१ मा पीएनजीविरुद्धको खेलबाटै एक दिवशीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । यसअघि कप्तान रोहितकुमार पौडेलले पनि एक दिवशीय क्रिकेटमा एक हजार रन पूरा गरेका थिए ।





प्रतिक्रिया राख्नुहोस्