क्रिकेटखेल

पपुवा न्यूगिनीलाई नेपालले दियो २९८ रनको विशाल लक्ष्य

काठमाडौंमा बिहिबारदेखि सुरु भएको आईसीसी विश्वकप लिग-२ को अन्तिम त्रिदेशीय श्रृङ्खला अन्तर्गत नेपालले पपुवा न्यूगिनी (पिएनजी)लाई जितका लागि २९८ रनको विशाल लक्ष्य दिएको छ ।

निर्धारित ५० ओभरको खेलमा नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २९७ रनको विशाल रन तयार गरेको हो । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको पिएनजीलाई विशाल लक्ष्य दिने क्रममा नेपाली ब्याट्सम्यान आसिफ शेखले ११० रनको शतकीय पारी खेले ।

त्यसै गरी अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए भने भीम सार्की ४४, कप्तान रोहित पौडेलले ३०, आरिफ शेख १५, ज्ञानेन्द्र मल्ल ११, करन केसी ८ तथा सन्दीप लामिछानेले ७ र कुशल मल्लले २ रन मात्र बनाए भने सोमपाल कामी ४ रनामा अविजीत रहे ।

श्रृङ्खलामा नेपाल र पपुवा न्यूगिनीसंगै संयुक्त अरब इमिरेट्स (युएई)को सहभागिता रहेको छ । नेपाललाई एकदिवसीय मान्यता जोगाउन चारमध्ये २ खेल जित्नुपर्नेछ भने विश्वकपमा छनोट हुन चारवटै खेल जित्नुपर्छ ।

पछिल्लो समय लयमा रहेको नेपाली टोलीले लगातार ९ खेल खेलेको नेपालले ८ मा विजयी हुँदै विश्वकपमा छनोट हुने आत्मविश्वासका साथ मैदानमा उत्रिरहेको छ ।

लिगको छैटौं स्थानमा रहेको युएईलाई एकदिवसीय मान्यता जोगाउन ३ खेल जित्नुपर्नेछ भने चारवटै खेल जिते पनि उसको विश्वकप यात्रा समाप्त भैसकेको छ ।

ताजा अंकतालिकामा ३२ खेलको समाप्ति हुँदा नेपाल ३२ अंकका साथ पाँचौं स्थानमा छ भने युएई ३१ सहित छैठौं र पिएनजी ९ अंकसहित पुछारमा रहेको छ ।

लिग २ मा प्रथम तीनस्थानमा रहने टोलीले विश्वकप खेल्न पाउनेछन् भने पाँचभित्र रहने टोलीको एकदिवसीय मान्यता कायम रहनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.